तोलामा ३ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ। साताको कारोबार तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । सोमबार भाउ स्थिर रहँदै चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५ पैसा कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment