सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन

डिसी नेपाल
२८ मंसिर २०७८ ११:५९
868
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन्। मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो। सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ। निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले भने।
यसअघि पहिलो चरणको निर्वाचनबाट बाहिरिएका नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवलाई समर्थन गर्ने निर्णय गरेका थिए।

प्रकाशमानलाई भेट्न देउवा मंगलबार सिंह निवास चाक्सीबारी पुगेका थिए। सो भेटमा देउवालाई दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय भएको सिंहले बताए।

नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं। देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे। देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ। विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ। पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ,’ उनले भने।

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए। देउवाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ। त्यसअघि नै देउवालाई सिंहले समर्थन गर्ने निर्णय गरेका हुन्। भेटवार्तामा उपसभापतिकी उम्मेदवार सुजाता कोइराला पनि उपस्थित थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.