भृकुटीमण्डप पसिरमा देउवा र कोइराला समूहका नेताकार्यकर्ताको नाराबाजी
काठमाडौं। यतीबेला भृकुटीमण्डप परिसर शेरबहादुर देउवा र शेखर कोइराला समूहको नारावाजी चलिरहेको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदारी रहेका देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुँदैछ।मंगलबार भएको मतपरिणाम अनुसार सभापतिको उम्मेदवारी रहेको ५ जनामध्ये कसैलेपनि ५० प्रतिशत मत ल्याउन नसकेपछि पहिलो मत प्राप्त गरेका देउवा र दोस्रो मत प्राप्त गरेका कोइरालाबीच पुनः प्रतिस्पर्धा हुँदैछ।
कांग्रेस विधान अनुुसार,सभापतिमा निर्वाचित हुन खसेको कुल मतको ५१ प्रतिशत पूर्याउनुपर्ने प्रावधान रहेको छ।त्यसैले आज दिउँसोबाट हुने पुनःमतदानमा आफ्नो पक्षमा माहोल ल्याउन दुई समूहका नेता कार्यकर्ता नाराबाजी गरिरहेका छन्।







प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment