बर्दियाको सानोश्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १०५औँ शाखा बर्दियाको सानोश्रीमा सञ्चालनमा ल्याएको छ ।
बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मधुवन नगरपालिका वडा नं ०६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो ।
सानोश्री शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment