प्रतिनिधिसभाको अधिवेशन सुरु, एमालेको अवरोध कायमै

डिसी नेपाल
२८ मंसिर २०७८ १४:२१
24
Shares

काठमाडौं।प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ । मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरिराखेका छन्। एमालेबाट विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा पूर्वाग्राही बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाउने कार्यसूची रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.