भन्सार छली गर्ने अधिकृतसहित तीन नासुविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२८ मंसिर २०७८ १४:५१
44
Shares

इटहरी। भन्सार छलीको आरोपमा अधिकृत र ३ नासुविरुद्ध मुद्दा दायर  भएको छ । झापाको भद्रपुर भन्सार कार्यालयका अधिकृत र कार्यालयकै नायब सुब्बा पदमा कार्यरत तीन जना विरुद्ध राजस्व अनुसन्धान विभागले भन्सार छलीको आरोपमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुनेमा कार्यालयका अधिकृत प्रमोद पौडेल, नासुहरू नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्‍वकर्मा र किशोर आचार्य रहेका छन्। राजस्व अनुसन्धान विभागले उनीहरु विरुद्ध उच्च अदालत विराटनगरको, इलाम इजलासमा मंगलबार मुद्दा दायर गरेको छ। भद्रपुर नगरपालिका-७ का ४० वर्षीय पौडेलसमेतको संलग्नतामा १ करोड ६० लाख भन्सार चुहावट भएको विभागको आरोपपत्रमा उल्लेख छ।

उनीहरूविरुद्ध बिगो बराबरकै जरिवाना र प्रचलित कानुनअनुसार अधिकतम कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.