भोट माग्न नेताहरू मतदाताको लाइनमा (फोटोफिचर)

डिसी नेपाल
२८ मंसिर २०७८ १७:२४
96
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा शेरबहादुर, प्रकाशमानसहितको एक समूह र शेखर, गगन थापा, मिनेन्द्र रिाजलसहितको अर्को समूह लामबद्ध मतदाता भएका स्थानमा पुगेर भोट मागिरहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.