मतदान सकिँनै लाग्दा बाहिरिए देउवा

डिसी नेपाल
२८ मंसिर २०७८ २१:०९
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय सकिँनै लाग्दा प्रधानमन्त्री एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलबाट बाहिरिएका छन् ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ ।

मतदान सुरु भएसँगै देउवा मतदान स्थलमा नै थिए ।

मतदान सकिने केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । ९ बजे मतदानको समय सकिने निर्वाचन समितिले जनाएको छ ।
दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.