कांग्रेस सभापति निर्वाचनः हजार मत गन्नुअघि नै देउवा जितनजिक

डिसी नेपाल
२९ मंसिर २०७८ २:०४
292
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा जित नजिक पुगेका छन् । जारी मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री देउवाले दुई हजारभन्दा बढी मत प्राप्त गरिसकेका छन् । देउवालाई जितका लागि २२८२ मत आवश्यक छ ।

३५१८ मतगणना गर्दा देउवा २१०७ मत प्राप्त गरिसकेका छन् । अझै एक हजार मत गन्न बाँकी रहँदै देउवाको जित सुनिश्चित भएको हो । एक हजार मत गन्न बाँकी रहँदा देउवालाई ५० प्रतिशत कटाउन १७५ मतमात्र आवश्यक छ ।

शेखर कोइरालाले भने १३८४ मत प्राप्त गरेका छन् । उनी पराजित हुने लगभग निश्चित भएको छ । मतगणनामा २७ बदर भएको छ ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.