सपोर्ट लघुवित्तको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२९ मंसिर २०७८ ८:४७
44
Shares

काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्थाको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर २९ गते बुधबार) अन्तिम मौका रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ ।  त्यसैले आजसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश सुरक्षित गर्ने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ दशमलव ५७८४ प्रतिशत नगद लाभांश  वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १० गते साधारण सभा बोलाएको छ । सभा बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार, इटहरीमा बिहान ९ बजे सुरु हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.