शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका लागि १५४७ शिक्षक (विज्ञापनसहित)
काठमाडौँ – शिक्षक सेवा आयोगले ठुलै संख्यामा शिक्षक माग गरेको छ । आयोगले माध्यमिक तहका लागि एक हजार ५ सय ४७ शिक्षक माग गरेको हो।
आयोगले नेपाली विषयका लागि २३१, अंग्रेजी ३१२, गणित २८९, विज्ञान ४३५, सामाजिक २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, स्वास्थ्य २, संस्कृत ३, कम्प्युटर ६, शुक्लयजुर्वेद २, संस्कृत व्याकरणमा २, संस्कृत साहित्य १ र न्याय विषयका लागि एक जना शिक्षक माग भएको छ ।
परीक्षा आवेदन फारम पुस १ देखि २९ गतेसम्म भरिसक्नुपर्ने छ । दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । पहिलो चरणको लिखित परीक्षा चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment