१८ महिनादेखि बन्द रहेको दिल्ली काठमाडौं बस सेवा सुचारु, यात्रुले प्रोटोकल पालना गर्नुपर्ने

डिसी नेपाल
२९ मंसिर २०७८ १०:३९
296
Shares

काठमाडौं। कोरोनाभाइरसका कारण १८ महिनादेखि बन्द रहेको दिल्ली काठमाडौं बस सेवा आजदेखि सुचारु भएको छ । यो बस सेवा २०२० मार्च १ देखि बन्द गरिएको थियो । दिल्ली परिवहन निगमले बुधबारदेखि यो सेवा पुनः सुचारु गरेको हो । करिब १८ महिनापछि सुचारु भएको यो सेवा प्रयोग गर्न यात्रुहरुले सबै कोभिड प्रोटोकल पूरा गर्नुपर्नेछ ।

यो बसमा यात्रा गर्नको लागि यात्रीहरुले कोभिड प्रोटोकल पालन गर्नुका साथै यात्रा गर्नुभन्दा ४८ घण्टा पहिलेको कोरोनाको आरटी–पीसीआर नेगेटिभ रिपोर्ट पनि देखाउनु पर्नेछ । यात्रुले खोपको दुवै डोज लिइसकेको हुनु अनिवार्य छ । यात्रु गर्नुभन्दा अगाडि डिपोको तर्फबाट थर्मल स्क्यानिङ पनि गरिनेछ । बन्द हुनुअघि यो बसमा दिल्लीदेखि काठमाडौंसम्म २३०० भारतीय रुपैयाँ भाडा भएकोमा अब भाडा बढाएर २८०० भारतीय रुपैयाँ बनाइएको छ ।

दिल्ली काठमाडौं बस सेवा सन् २०१४ मा सुरु गरिएको थियो । त्यतिबेलादेखि लगातार चलिरहेको यो सेवा कोरोनाका कारण रोकिएको थियो । सुचारु भएपछि यो बस प्रत्येक दिन बिहान १० बजे छुट्नेछ । यात्रा गर्ने नेपाली र भारतीय नागरिकले सरकारले जारी गरेको परिचय पत्र साथमा राख्नु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.