बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२९ मंसिर २०७८ ११:१५
292
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार १ सय ३५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.