बरु आफ्नो शिर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध बिग्रिन दिँदैनौं : भारतीय रक्षामन्त्री

डिसी नेपाल
२९ मंसिर २०७८ १५:४९
6.5k
Shares

काठमाडौं। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु क्रियाशिल भएको बताएका छन् । उनले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बिग्रिन नदिने दावी गरे ।

समाचार एजेन्सी एएनआइका अनुसार उत्तराखण्डको देहरादूनमा सैन्यधाममा आएका सिंहले त्यहाँ आयोजित एक कार्यक्रममा भने ‘भारतको नेपालसँगको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु छन् । सरकारको प्रतिनिधिको रुपमा म तपाइँहरुलाई भन्न चाहन्छु यदि हामीले शिर झुकाउनुपर्ने भयो भने शिर झुकाउनेछौं तर छिमेकी नेपालसँगको हाम्रो सम्बन्धलाई भत्किन दिने छैनौं ।’

उत्तराखण्डको सैन्यधाममा आएका सिंहले त्यहाँ वीरगति प्राप्त गरेका सेनाका जवानहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले वीरगति प्राप्त गरेका सेनाका परिवारलाई सम्मान पनि गरे । यहाँको सैन्यधामको द्वारको नाम हालै दिवंगत सीडीएस बिनि रावतको नाममा राखिँदैछ । रावत उत्तराखण्डकै थिए । रावतको गत हप्ता तमिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । रक्षामन्त्री सिंहले सैन्यधाममा सीडीएस रावतलाई स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.