१५.५ प्रतिशत लाभांश पारित गर्न ज्योति विकास बैंकले डाक्यो पुस २३ गते साधारण सभा
काठमाडौं। ज्योति विकास बैंकले १५.५ प्रतिशत लाभांश पारित गर्न पुस २३ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ।
सभामा आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ हुनेछ । साथै, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा रहेको छ।
अधिकृत पुँजी ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ९ गते बुक क्लोज गर्ने भएको छ । पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।







डिसी नेपाल








Facebook Comment