तीन कम्पनीको सेयर मूल्य समायोजन

डिसी नेपाल
१ पुष २०७८ ११:०७
96
Shares

काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो।

नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ। समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ। यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा लघुवित्तले बगान फेमिली रेष्टुराँ एण्ड लाउन्ज बार, इटहरी, सुनसरीमा बिहान ९ बजे आयोजना हुनेछ।

त्यस्तै, सूर्योदय लघुवित्तको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको भाउ १४ सय २७ रुपैयाँ पाँच पैसा निर्धारण भएको छ। सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण तथा मर्जर प्रस्ताव पारित गर्न १६ पुसमा सहयात्री पार्टी प्यालेस गुडिखोला, स्याङ्जामा नवौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।

त्यसैगरी, वोमी लघुवित्तको पनि २० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ १३ सय ४० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। वोमीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १६ पुसमा होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा १० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे सुरू हुनेछ । सूर्योदय लघुवित्त र वोमी लघुवित्त एकआपसमा मर्ज हुने सम्झौता भएकाले १६ भदौबाट दुबै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.