रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २६ गते हुने, बुकक्लोज कहिले ?
काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभा कम्पनीको सभाहल महाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment