खप्तड लघुवित्तको साधारण सभा पुस २४ गते हुने, के- के छन् एजेण्डा ?

डिसी नेपाल
१ पुष २०७८ १२:३१
48
Shares
काठमाडौं।  खप्तड लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । सभा होटल अत्तरीयामा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संस्थाले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै,कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ। यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर/एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.