भारतीय रिजर्भ बैंकले दुई ठूला बाणिज्य बैंकलाई लगाए जरिवाना
एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले दुई ठूला बाणिज्य बैंकलाई जरिवाना लगाएको छ । निजी क्षेत्रको ठूलो आईसीआईसीआई बैंक र सरकारी पञ्जाब नेशनल बैंकलाई आरबीआईले जरिवाना लगाएको हो।
आईसीआईसीआई बैंक र सरकारी पञ्जाब नेशनल बैंकले बचत खातामा केही नियमहरू उल्लङ्घन गरेका कारण जरिवाना लगाइएको आरबीआइले जनाएको छ ।
आरबीआइले आईसीआईसीआई बैंकलाई ३० लाख रुपैयाँ भारु जरिवाना लगाएको छ भने पञ्जाब नेशनल बैंकलाई १ करोड ८० लाख रुपैयाँ भारु जरिवाना गरिएको छ ।
आरबीआईले यस विषयमा पहिले कारण देखाउ नोटिस जारी गरेको थियो र त्यसपछि जरिवाना लगाएको होे । आरबीआईले नोभेम्बर २०१४ मा बचत खातामा न्यूनतम ब्यालेन्सको नियममा लाग्ने शुल्कबारे धेरै निर्देशनहरू जारी गरिएको बताएको छ । यसपछि आईसीआईसीआई बैंकलाई नियम पालना नगरेको भन्दै जरिवाना गरिएको थियो ।
अर्कोतर्फ, पञ्जाब नेशनल बैंकको विषयमा नियामकले जारी गरेको निर्देशन पालना नगरेको कारण देखाई बैंकलाई १ करोड ८० लाख रुपैयाँ भारु जरिवाना गरेको हो ।







डिसी नेपाल








Facebook Comment