बिहिबार ३७.८७ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्बमा सीमित

डिसी नेपाल
१ पुष २०७८ १५:१८
44
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ओरालो लागेको छ। बिहिबार नेप्से परिसूचक ३७.८७ अङ्कले घटेर २ हजार ३७६.७४ विन्दुमा अडेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ५.८८ अङ्कले घटेर ४५३.५३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बिहिबार सबै भन्दा बढी कारोबार प्रभु बैंकको भएको छ। यस बैंकको ९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसपछि क्रमश : नेपाल बंगलादेश बैंक र समृद्धि फाइनान्सको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ बाट उपसमूहमध्ये १ वटा उपसमूह बढेको छ भने १२ वटा उपसमूह ओरालो लागेको छ । म्युचुअल फन्द उपसमूह बढेको छ भने विकास बैंक उपसुचक सबै भन्दा बढी घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.