राष्ट्रिय बीमा कम्पनीले माग्यो १० पदका लागि २४ जना कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ। राष्ट्रिय बीमा कम्पनीले १० पदका लागि २४ जना कर्मचारी माग गरेको छ । शुक्रबार लोकसेवा आयोगको अनुमतिमा एक सार्वजनिक सूचनामार्फत कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बीमा कम्पनीले व्यवस्थापक पदका लागि १ जना, सह-व्यवस्थापक पदका लागि २ जना, नायव व्यवस्थापक पदमा १ जना,कानुन अधिकृत १ जना,सूचना प्रविधि अधिकृत १ जना सहायक ब्यबस्थापक ५ जना,सूचना प्रविधि अधिकृत २ जना, सूचना प्रविधि सहायक १ जना,सहायक ‘क’मा ४ जना र ‘ख’मा ६ जना कर्मचारीको माग गरिएको छ ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद समाप्त भएको ७ दिनसम्म बुझाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment