प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित

डिसी नेपाल
२ पुष २०७८ ११:५९
140
Shares

प्यूर्टो रिको। कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौं प्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो। तर समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ।

समाचारअनुसार प्रतियोगितामा सहभागी १७ प्रतिस्पर्धीमा कोरोना पजिटिभ देखिएको छ। जसमा भारतीय सुन्दरी मनासा पनि छिन्। आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन्। अन्य प्रतियोगीहरूका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ। जसकारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन्।

आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ। प्रतियोगीहरू र सम्बन्धित कर्मचारीहरूलाई एकान्तवास र निगरानीमा राखिएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूको मञ्जुरीपछि उनीहरूलाई घर फर्कन अनुमति दिइने बताइएको छ। आयोजकले प्यूर्टो रिको स्वास्थ्य विभागसँग परामर्श गर्न भायरोलोजिस्ट र चिकित्सकहरूसँग बैठक बसेर प्रतियोगिता स्थगितको निर्णय लिएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.