कांग्रेसका बाँकी पाँच सहमहामन्त्रीको मतगणना सुरु, खस/आर्यमा राठाैरकाे अग्रता

डिसी नेपाल
२ पुष २०७८ १२:३८
1.3k
Shares

काठमाडौं। नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ। शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो।

यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्।

आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए। खस/आर्यतर्फ देउवा समूहका किशाेरसिंह राठाैरले अग्रता लिएका छन्।

उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन्। अहिलेसम्म दुई सय मत गनिसकिएकाे छ। जसमा राठाैरले एक सय सात र चालिसेले ९१ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.