पोखरा फाइनान्सले ८.०७५ प्रतिशत बोनस सेयर दिँदै

डिसी नेपाल
२ पुष २०७८ १४:०२
48
Shares

काठमाडौं।  पोखरा फाइनान्सले सेयरधनीलाई लाभांश दिने भएको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८.०७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.४२५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ फाइनान्सको आगामी वार्षिक साधारण सभाबाट पारित पश्चात सेयरधनीलाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.