कांग्रेस सहमहामन्त्रीमा पाण्डे र शाहीबीच तीब्र प्रतिस्पर्धा

डिसी नेपाल
२ पुष २०७८ १४:५१
712
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सहमहामन्त्री तर्फको मतगणना शुक्रबार बिहानबाट जारी भएको छ। पिछडिएको क्षेत्र अन्तर्गत १७१० मत गणना हुँदा ८३९ मतका साथ बद्री पाण्डेले अग्रता लिइरहेका छन्।अर्का उम्मेदवार जीवनबहादुर शाहीले ७७९ मत ल्याएर पछ्याइरहेका छन्।

पाण्डे कोइराला समूहबाट उम्मेदावार बनेका हुन्।शाही देउवा समूहका उम्मेदवार हुन्।यसअघि सार्वजानिक भएको परिमाणमा जनजाती तर्फबाट भिष्मराज आङ्दाम्बे,महिला तर्फबाट डिना उपाध्याय र दलित तर्फबाट जीवन परियार विजयी भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.