फिल्ममा एउटा ‘परफेक्ट शट’को लागि कलाकारले ४६ औं तलाबाट १९ पटक हाम्फाले

डिसी नेपाल
३ पुष २०७८ १४:२८
3.2k
Shares

काठमाडौं। हलिउड फिल्म ‘द मेट्रिक्स रिसरेक्सन्स’को सुटिङको क्रममा कलाकारहरुले परफेक्ट शटको लागि ज्यानको बाजी लगाएको खुलासा भएको छ । फिल्मको एक दृश्यलाई चित्तबाुट्टदो बनाउन त्यो सिनको सुटिङमा १९ पटक रिटेक गरिएको थियो । र, १९ पटकसम्म कलाकारले एक भवनको ४६ औं तलाबाट हाम्फालेका थिए ।

हालै फिल्मका मुख्य कलाकार किआनु रिभ्सले ‘द लेट शो विथ स्टिफन कोलकर्ट’मा फिल्मको प्रमोसनको सिलसिलामा सहभागी भएका थिए । यस क्रममा किआनुले बताएअनुसार फिल्मको एक एक्सन सिनको सुटिङका क्रममा उनी र उनकी सहकर्मी कलाकार क्यारी एन मसले ४६ तलाको बिल्डिङको छतबाट हाम्फाल्नु परेको थियो ।

५७ वर्षका किआनु र ५४ वर्षकी क्यारीको यो दृश्य आङ नै सिरिङ्ग बनाउने खालको छ । शोमा किआनुसँग मेटिक्स फ्रेन्चाइजीको चौथो फिल्ममा उनले कुनै ‘क्रेजी’ कुरा गरेका थिए भनेर सोधिएको थियो । यसको जवाफमा उनले बिल्डिङबाट हाम्फाल्नु सबैभन्दा क्रेजी भएको बताए । उनका अनुसार बिल्डिङबाट हाम्फाल्ने दृश्य चित्तबुट्टदो नभएपछि उनीहरुले यो एउटा दृश्यको पटक पटक रिटेक गर्नुपरेको थियो र १९ वा २० पटक बिल्डिङबाट हाम्फाल्नु परेको थियो ।

किआनुले भने ‘किनकि यी लाना वाचोस्की (निर्देशक) हुन् र यो द मेट्रिक्स हो । तपाइँलाई प्राकृतिक प्रकाश चाहिन्छ र तपाइँ सबै कुरा वास्तविक गर्न चाहनुहुन्छ । मेरो मतलब हो तारहरु छन् । क्यारी एनी र मैले हात समात्यौं र बिल्डिङबाट हाम्फाल्यौं । हामी यसलाई बिहानको समयमा परफेक्ट प्रकाशमा गर्न चाहन्थ्यौं त्यसैले हामीले यो १९–२० पटक गर्यौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.