आइतबार चार सयले घट्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
४ पुष २०७८ ११:०८
168
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य ९३ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ।

शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने १ हजार २ सय ४५ रुपैयाँ रहेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार २ सय ४५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ  कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.