अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित

डिसी नेपाल
५ पुष २०७८ १९:३३
144
Shares

काठमाडौं । नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् ।

सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् । उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् ।

लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.