४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस ६ गते) अन्तिम मौका रहेको छ। नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी ४ वटै कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । यी ४ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।
नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ३.५० प्रतिशत बोनस शेयर र १.८१ प्रतिशत नगद लाभांश पारित गर्न पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।
त्यस्तैगरी एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३.३० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते २६औं वार्षिक साधारण सभा हुने भएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले भने पुस ७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश दिने भएको छ। लाभांश प्रस्ताव पारित गर्न संस्थाले पुस २३ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ ।
त्यसैगरी गणपति लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाले लाभांश प्रस्ताव पेश गर्न पुस १७ गते पाँचौ वार्षिक साधारण सभा डाकेको छ । सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।







डिसी नेपाल








Facebook Comment