२९.१६ प्रतिशत लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले बोलायो पुस २७ गते साधारण सभा
काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको पाचौं वार्षिक साधारण सभा पुस २७ गते बस्ने भएको छ । सभा होटल द नारायणी गैंडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र बोनसमा लागे कर तिर्न १.४६ प्रतिशत नगद गरी कूल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गरिने छ ।
सभा प्रयोजनका लागि संस्थाले पुस १५ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन्।







डिसी नेपाल








Facebook Comment