कांग्रेस केन्द्रीय सदस्य (थारु) तर्फको मतपरिणाम सार्वजनिक

डिसी नेपाल
६ पुष २०७८ २१:०८
48
Shares

काठमाडौँ ।नेपाली कांग्रेस केन्द्रीय सदस्यको (थारु) तर्फको मत परिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४ औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्य थारु (खुला) दुई पदमा रामजनम चौधरी (२,५०३) र योगेन्द्र चौधरी (२,१९८) मत प्राप्त गरी विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

केन्द्रीय सदस्य थारु (महिला) मा कल्पना चौधरी (२,५२४) र जीवन राना (२,३४९) मत ल्याएर विजयी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.