नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला
काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले आज (पुस ७ गते) देखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १:१ अनुपातमा प्रति कित्ता एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।
बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
बैंकले जारी गरेको हकप्रद सेयरमा लगानीकर्ताले पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सबै शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन्। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।







डिसी नेपाल








Facebook Comment