बुधबार ४ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ।
मंगलबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढे को छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment