२५ प्रतिशत लाभांश पारित गर्न आरएमडीसी लघुवित्तले बोलायो पुस ३० गते साधारण सभा
काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । लाभांश पारित गर्न बैंकको साधारण सभा अमृतभोग,कालिकास्थान काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ। उक्त सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभाका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नुका साथै सभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment