सेयर बजारमा छायो हरियाली, ९२.१६ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ९२.१६ अङ्कले बढेर २ हजार ५०७.७० विन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ परिसूचक भने १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६८ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ७ हजार रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : अपर तामाकोशी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएका छन् । बुधबार सबै भन्दा बढी अरुण भ्याली हाइड्रोपावर र शिवम सिमेन्टका लगानीकर्ताले कमाएका छन् भने नबिल ऋणपत्र २०८५ र प्रभु सेलेक फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment