उषा र सागरको अभिनय रहेको ‘के छ खबर’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
७ पुष २०७८ १९:१२
80
Shares

काठमाडौं । बरिष्ठ गीतकार हिराकाजी थापा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको अर्को सांगीतिक कोशेली ‘के छ खबर’को भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार गीतकार हिरा काजीकै अफिसियल च्यानल ह्यागं इन्टरटेनमेन्टबाट रिलिज गरिएको गीतमा पहिलो नेपाल आईडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको छ ।

दाङका विभिन्न रमणीय स्थलहरुमा ४ दिन लगाएर छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समयकी चर्चित मोडल उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय रहेको छ ।

लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिरा काजी थापाले कलात्मक शैलीमा देखाएका छन् । जसमा साँचो प्रेम र प्रेममा पर्खाइको आनन्दलाई भावनात्मक शैलीमा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.