मानुषी लघुवित्तको तेस्रो वार्षिक साधारण सभा २९ पुसमा, के-के छन् एजेण्डा ?

डिसी नेपाल
८ पुष २०७८ ९:३९
60
Shares

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ। सभा लहरीखर्क रिसोर्ट, साँगा बनेपामा बिहान १०ः३० बजे सुरु हुने भएको छ।

सभामा लघुवित्तको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । साथै, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने भएकोछ

सभा प्रयोजनका लागि पौष १५ गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पौष १४ गतेसम्म कायम सेयरधनीले  मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.