समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
८ पुष २०७८ १०:१४
36
Shares

काठमाडौँ। समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद जारी गर्न पौष ११ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पौष ८ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा  आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ः०.५० को अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यस हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.