जाजरकोटमा अवैध पत्थरसहित ट्रक चालक पक्राउ
जाजरकोट। प्रहरीले जाजरकोटमा अवैध काइनेटिक पत्थरसहित ट्रक चालकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुनीचाँदे–११ का २७ वर्षीय ट्रक चालक विनोद टमटा रहेका छन्।
सवारीसाधन चेकजाँचका लागि शिवालय गाउँपालिका–१ छेडाबजारमा खटिएको प्रहरी टोलीले कर्णाली प्रदेशको राजधानी सुर्खेततर्फ जाँदै गरेको भे१ख १५३७ नम्बरको मिनीट्रक चेकजाँच गर्ने क्रममा अवैध पत्थर फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डीएसपी मधुकुमार थापाले बताए ।
मिट्रकको पछाडि २४ वटा बोरामा अवैध काइनेटिक पत्थर (१३ कइन्टल २० किलो) लुकाईछिपाई ल्याएको अवस्थामा प्रहरी टोलीले फेला पारी रीतपूर्वक पक्राउ गरेको डीएसपी थापाले बताए ।
प्रहरी टोलीले काइनेटिक पत्थर र ट्रकसहित सवारी चालक टमटालाई आवश्यक कारबाहीका लागि खानी तथा भूगर्भ विभागअन्तर्गत भूकम्प मापन केन्द्र सुर्खेतमा पठाएको उनले बताए ।







डिसी नेपाल








Facebook Comment