सेञ्चुरी बैंकको वार्षिक साधारण सभा पुस ३० गते हुने, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । सेञ्चुरी बैंकको बुक क्लोज मिति तय भएको छ । प्रस्तावित लाभांश र साधारण सभाको लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । यसका अनुसार बैंकले पुस १८गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा भाग लिन पाउने छन् ।
बैंकको ११औं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने भएको छ ।
सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।







डिसी नेपाल








Facebook Comment