कालिका पावरले १५ प्रतिशत बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !
काठमाण्डौ । कालिका पावर कम्पनीले आफ्नो सेयरधनिलाई १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै कर तिर्न ०.७८९५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
कम्पनीले १५ प्रतिशतले हुन आउने ९ करोड रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ४७ लाख ३७ हजार रुपैयाँबराबरको नगद खर्च गर्ने भएको छ ।
यसैबीच सोही बैठकले कम्पनीको वार्षिक साधारणसभा यही पुस ३० गते चितवनको भरतपुरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको छ।
सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेपछि कार्यान्वयनमा आउनेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस २० गतेसम्म कायम सेयरधनीहरु मात्र लाभांश पाउन र सभामा सहभागी हुन पाउने छन् ।







डिसी नेपाल








Facebook Comment