ज्याकलिनको १० करोड सम्पत्ति जफतको तयारी

डिसी नेपाल
९ पुष २०७८ १०:५५
1.1k
Shares

काठमाडौं। महाठग सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम आउनासाथ पुनः चर्चामा आएकी छन्। किनकी सुकेशले ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका छन्। अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ।

सुकेश मनी लन्ड्रिङ मामलामा दुई सय करोड रुपैयाँको हो। सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले अब इडीले उनले पाएको करिब १० करोड बराबरको सम्पति जफत गर्ने तयारी गरिरहेको छ।

ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड रुपैयाँभन्दा बढी उपहार पाएकी थिइन्। सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहार दिएका थिए। सुकेशले अर्की अभिनेता नोरा फतेहीलाई बीएमडब्ल्यू कार पनि उपहारमा दिएका थिए । जसलाई पनि इनफोर्समेन्ट डायरेक्टरेट जफत गर्ने तयारीमा छ।

डायरेक्टरेटका अनुसार ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन्। उनले आफ्नो परिचय दिवंगत जयललिताको परिवारसँग जोडेका छन्। इडीका अनुसार ज्याकलिनकी बहिनीले सुकेशबाट डेढ लाख डलर ऋण लिएकी छन्। यसबाहेक १५ लाख रुपैयाँ उनको भाईको एकाउण्टमा सारिएको छ । नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.