शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
९ पुष २०७८ ११:१८
200
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिने शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्र बार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँले कारोबार भइरहेको छ।

बुधबार ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.