लाभांश वितरण गर्न सेन्ट्रल फाइनान्सले पायो राष्ट्र बैंकको अनुमति

डिसी नेपाल
९ पुष २०७८ १२:१२
52
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । फाइनान्सले सेयरधनीलाई ७.७ प्रतिशत बोनस सेयर र करसहित ३.३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

फाइनान्सले लगानीकर्तालाई घोषणा गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पाएकाले अब बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।  उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ ।

कम्पनीले मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.७ प्रतिशत बोनस सेयर र करसहित ३.३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.