५०० का नयाँ नोट बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय दरको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरको नयाँ नोट शुक्रबारदेखि चलनचल्तीमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएको हो ।
३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानौ जस्तै रहने बैंकले जनाएको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकको भनाई छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment