जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?
काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।। कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक समूह तर्फको ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले प्रति शेयर मूल्य १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलेआवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङ र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment