नेप्सेमा आज दुई कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। आइतबार मूल्य समायोजना हुनेमा बुटवल पावर कम्पनी र समृद्धि फाइनान्स रहेको छ।
बुटवल पावरको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजना भएको छ। समायोजनपछि सेयर मूल्य ४३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ।
यता, समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले ३६१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको हो । फाइनान्सले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment