दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस ११ गते) अन्तिम मौका रहेको छ। विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी २ वटै कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा बोलाएका छन् । यी २ वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार आज सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।
विजय लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २०.०३१ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५४ प्रतिशत पारित गर्न पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गैंडाकोट रिसोर्ट गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
महुली लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ। २६ प्रतिशत लाभांश पारित गर्न सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment