हिमालयन बैंकले बोलायो पुस ३० गते साधारणसभा, के-के छन् एजेण्डा ?

डिसी नेपाल
११ पुष २०७८ १०:३२
96
Shares

काठमाडौं। हिमालयन बैंकले २६ प्रतिशत लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांशसहित कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक बराबर एकको अनुपातमा मर्ज गर्ने प्रस्ताव स्वीकृतका लागि पनि सभामा पेश गर्ने भएको छ ।

साधारण सभा प्रयोजनका लागि आइतबार (पुस ११ गते) देखि पुस ३० गतेसम्म बुक क्लोज हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जर संझौता भए पछि बैंकको शेयर कारोबार बन्द रहेको छ । यसले गर्दा कारोबार रोक्का हुनु अगाडी कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.