हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
११ पुष २०७८ ११:३७
72
Shares

काठमाडौं। साताको कारोबारको पहिलो दिने आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भई रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.